एनआरएनए जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वसम्मत

एनआरएनए जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वसम्मत


एनआरएनए जर्मनीको अध्यक्षमा हरि न्यौपाने चयन भएका छन् । न्यौपाने आगामी कार्यकाल २०१९–२०२१ का लागि निर्बाचित भएका हुन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारिहरुको सपथ ग्रहण तथा घोषणा कार्यक्रम समेत सम्पन्न भएको निर्वाचन कमिटी प्रमुख उषा शर्माले जानकारी दिइन् ।

आइतबार सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरिएको हो । आइसीसी सदस्यमा विजय मोक्तान र टंक लम्साल सर्वसम्मतबाट चयन भएका छन् । समितिको उपाध्यक्षमा मिलनराज पन्त, राधाकिरण सिग्देल, प्रकाश शर्मा, निनाम्मा राई, शंकर डाँगी, शिवकला गुरुङ, डा. यज्ञप्रसाद अधिकारी चयन भएका छन् ।

यस्तै, समितिको महिला उपाध्यक्षमा भिमानानी श्रेष्ठ, महासचिव लोकमणी ढकाल, सचिवहरु राजेश सुनार, मेनका त्रिपाठी रहेका छन् भने कोेषाध्यक्षमा दिपक लामा, सहकोषाध्यक्षमा सोनी तुलाचन, महिला कोर्डिनेटरमा द्वय सुनिता थापा क्रान र करुणा तुलाधर राई, युथ कोर्डिनेटरमा रविन लामिछाने, युथ सव कोर्डिनेटरमा इश्वर श्रेष्ठ, स्पोर्ट कोर्डिनेटर अर्जुन ओली चयन भएका छन् ।

निर्बाचन मण्डलका अनुसार इभेन्ट कोर्डिनेटर लक्ष्मण जोशी र जोन तामाङलाई चयन गरेका छ भने ह्याम्वर्ग क्षेत्रका लागि मिना कार्की, लक्ष्मी श्रेष्ठ र सुजन बर्ताैलालाई चयन गरिएको छ ।

समितिको हेसेन क्षेत्रका लागि शिव श्रेष्ठ, युवराज अधिकारी र राजाराम रावल, वायर्न क्षेत्रमा बासु अर्याल, गोविन्द भण्डारी, एनआरवी क्षेत्रमा लक्ष्मण जोशी र सुर्य पौडेललाई चयन गरिएको हो ।

यता, समितिको प्रमुख संरक्षकमा कुम्भराज रेग्मी र विशिष्ठ संरक्षकमा दयाराम पौडेललाई चयन गरिएको छ ।
संस्थाको प्रवक्तामा भने दिनेश गौतमलाई चयन गरिएको बताइएको छ । नवनिर्वाचित अध्यक्ष न्यौपानेका अनुसार समितिको अन्य सदस्यहरू भने पछि मनोनित गरिनेछ ।

कार्यक्रममा एनआरएनए आइसीसीका पूर्वाध्यक्ष जीवा लामिछाने, उषा शर्मा, ग्लोबल का बरिष्ठ उपाध्यक्ष तथा २०१९–२०२१ का लागि ग्लोबल अध्यक्ष प्रत्यासी कुमार पन्त, एनआरएनए जर्मनीका सस्थापक अध्यक्ष दिल बहादुर गुरुङ लगायत लगायतले आफ्ना धारणा राख्दै संस्था र निर्बाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए ।