नेपाल र इजरायलबीच सुमधुर सम्बन्ध

नेपाल र इजरायलबीच सुमधुर सम्बन्ध


उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएका छन् । इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले नेपालको कृषि, शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा इजरायलले गरेको सहयोगको सराहना गरे ।

उपप्रधानमन्त्री यादवले कठिन अवस्थामा पनि इजरायलले नेपाललाई नजिकको मित्र ठानेर सक्दो सहयोग गरेकामा आभार प्रकट गर्दै सरकारीस्तर मात्र नभई जनस्तरमा पनि नेपाल र इजरायलबीच घनिष्ठ सम्बन्ध रहेको बताए ।

नेपालका लागि इजरायलका राजदूत वेनी ओमेरले हरेक वर्ष ५०० नेपाली किसान ११ महीनाका लागि इजरायल जाने गरेको र त्यहाँबाट आधुनिक कृषि प्रविधि सिकेर नेपालमा त्यसको उपयोग गर्दै आएको जानकारी दिए ।