औषधि छर्कंदै सांसद बस्नेत टोलटोलमा

औषधि छर्कंदै सांसद बस्नेत टोलटोलमा


मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका ६ सामुदायिक संस्थालाई सोमबार डेंगु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि– ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेंगु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताए ।

कार्यक्रम संयोजक तथा नेपाली चलिचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका ६ टोल सुधार समितिलाई डेंगु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैँ पनि टोलटोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने कामसमेत गरेको बताए ।