अन्तर्राष्ट्रिय तेक्वान्दोमा मलेसिया र नेपाल सफल

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मलेसिया र नेपाल सफल


आयोजक नेपालको युनाइटेड तेक्वान्दो डोजाङ तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा क्याडेट र जुनियर दुवैतर्पm टिम च्याम्पियन भएको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा सम्पन्न च्याम्पियनसीपमा महिला, पुरुषको फाइटमा क्याडेटतर्फ ६ स्वर्ण र जुनियरमा तीन स्वर्ण एक रजत र ३ कांस्यका साथ नेपालको युनाइटेड तेक्वान्दो डोजाङ दुई विधामा टिम च्याम्पियन बन्न सफल भयो ।

क्याडेटमा सुर्खेत जिल्ला तीन स्वर्ण, २ रजत र एक कांस्यका साथ दोस्रो तथा लैनचौर डोजाङ दुई स्वर्ण, ३ रजत र दुई कांस्य जित्दै तेस्रो स्थानमा रहन सफल भयो । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको जुनियरतर्फ भने सीतापाइला तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक रजत तथा दिलिप स्मृति डोजाङ दुई स्वर्ण र एक रजतका साथ तेस्रो बन्न सफल भयो ।

सिनियरको फाइटमा भने भारतको दुई टोलीले शीर्ष दुई स्थान प्राप्त गर्दा नेपालको भ्याली डिभिजन तेस्रो स्थानमा खुम्चियो । क्याडेट फाइटतर्पm महिलामा नेपालका पूजा कुँवर र पुरुषमा महेन्द्र विक उत्कृष्ट खेलाडी चयन भए । जुनियरको पुरुषमा नेपालकै सरोज मगर र महिलामा आयसा लामा तथा सिनियरतर्पm पुरुषमा भारतका नरप्रीत सिंह र महिला अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी घोषित भए ।

पुम्सेतर्पm भने मलेसिया च्याम्पियन बन्न सफल भयो । मलेसियाले व्यक्तिगत, पेयर र टिममा गरी सर्वाधिक ७ स्वर्ण जितेको थियो । नेपालकै जेसिस स्कुल दोस्रो र माइति नेपाल तेस्रो स्थानमा रह्यो ।

जेसिसले तीन स्वर्ण, दुई रजत र २ कांस्य तथा माइती नेपालले तीन स्वर्ण र दुई रजत जितेको थियो ।

व्यक्तिगत पुम्सेतर्फ पुरुषमा मलेसियाका अनुवास सरात र महिलामा पनि मलेसियाकै नुर इर्दिना उत्कृष्ट खेलाडी चयन भए । पेयर पुम्सेमा भने नेपालको जेसिस स्कुलका योवेन्दन दाहाल र मोनिका मगरको जोडी उत्कृष्ट जोडी घोषित भए । पुरुषको टिम पुम्सेमा नेपालको सीतापाइला डोजाङ तथा महिलामा स्युचाटार डोजाङ उत्कृष्ट टोली उत्कृष्ट भए ।

च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपको फाइटमा क्याडेटतर्फ पुरुष तथा महिला दुवैमा आठ तौल समूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।