नवनियुक्त जापानी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री ज्ञवालीको शुभकामना

नवनियुक्त जापानी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री ज्ञवालीको शुभकामना


■ श्याम क्षेत्री, टोकियो (जापान)

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले जापानका नवनियुक्त विदेशमन्त्री तोसिमिचु मोतेगीलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । मन्त्री ज्ञवालीद्वारा जापानी समकक्षी मोतेगीलाई पठाइएको बधाई तथा शुभकामना सन्देश जापानी विदेश मन्त्रालयमा प्रेसित गरिएको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले घटना र विचारलाई जानकारी दिए ।

आफ्नो सन्देशमा नेपाल र जापानबीच सन् १९५६ बाट सुरु भएको कुटनीतिक सम्बन्ध सँधै सौहार्द र मित्रवत रहँदै आएको उल्लेख गरिएको छ ।

जापानका नवनियुक्त विदेशमन्त्री मोतेगीको कार्यकालमा नेपाल र जापानबीचको द्वीपक्षीय सम्बन्ध थप विस्तार र मझबुत हुने अपेक्षा परराष्ट्रमन्त्री ज्ञवालीले शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

गत नोभेम्वर १८ तारिखमा आफुले जापान भ्रमण गरेको प्रसंग उल्लेख गर्दै मन्त्री ज्ञवालीले तत्कालीन समकक्षी तारो कोनोले जनवरी १९ मा नेपाल भ्रमणमा रहँदा द्वीपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको उल्लेख गरेका छन् ।

बधाई सन्देशमा मन्त्री ज्ञवालीले कार्यकाल सफलताको कामना गर्दै आगामी दिनमा नेपाल र जापानबीचको सम्बन्ध थप सवल हुने विश्वास व्यक्त गरेका छन् । सन्देशमा नवनियुक्त जापानी विदेश मन्त्री तोसिमिचु मोतेगीलाई नेपालमा स्वागत गर्न आतुर रहेको पनि उल्लेख गरिउको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख अर्यालले बताए ।