सुत्ने कोठामै २० केजीको अजिङ्गर !

सुत्ने कोठामै २० केजीको अजिङ्गर !


सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं. १४ का स्थानीय महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्ग भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५–२० केजीको अजिङ्गर फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा सोमबार बुझाइएको प्रहरीले जनाएको छ ।