नेपालगञ्ज घटनाप्रति ध्यानाकर्षण

नेपालगञ्ज घटनाप्रति ध्यानाकर्षण


संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री योगेश भट्टराईमाथि शनिबार नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहार र त्यसपछि आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंद्वारा आज जारी विज्ञप्तिमा घटना र त्यसपछि संलग्न समूहका सदस्यले व्यक्त गरेको विचारप्रति गम्भीर आपत्ति भएको उल्लेख छ । बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुन शनिबार टीकापुर पुगेका मन्त्री भट्टराई सोही दिन बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौँ फर्किने पूर्वनिर्धारित तालिका थियो । आज प्रतिनिधिसभामा मन्त्रालयका बारेमा सांसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौँ फर्किनुपर्ने दबाबमा उनि भएको बताइएको छ ।

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा बोर्डिङ भएका यात्रुमध्ये एक उच्छृङ्खल समूहले हुलका साथ जहाजबाट बाहिर निस्केर गालीगलोज गर्दै मन्त्री भट्टराई पुगेलगत्तै अपशब्द प्रयोग गरिएको उल्लेख छ ।

मन्त्री भट्टराइले उच्छृङ्खल समूहलाई कुनै उत्तर नदिए पनि अन्य यात्रुलाई आफ्ना कारण परेको असुविधाप्रति क्षमा मागेको विज्ञप्तिमा उल्लेख छ । उक्त समूहले जहाजभित्र गरेको दुव्र्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको सचिवालयले ठहर गर्दै नियोजित घटनाको भत्र्सनासमेत गरेको हो ।