नेपालको उर्जाबारे जापानमा अन्तरक्रिया हुँदै

नेपालको उर्जाबारे जापानमा अन्तरक्रिया हुँदै


■ श्याम क्षेत्री, टोकियो

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा वृहत् अन्तरक्रिया हुने भएको छ।

मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियन्ता तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानवासी नेपालीहरूबीच भेटघाट तथा अन्तक्रिया कार्यक्रम यही सेप्टेम्बर २४ तारिख मंगलवार साँझ ६ बजे नेरिमा कल्चर सेन्टरको सभा हलमा हुने जनाइएको छ ।

जाईकाको औपचारिक कार्यक्रममा जापान आउन लाग्नु भएका मन्त्री पुन र निर्देशक घिसिङ सेप्टेम्बर २४ को १२ बजे ओसाका विमानस्थल हुँदै ५ जनाको टोली टोकियो आउने कार्यक्रम रहेको आयोजक सदस्य बाबुराम पौडेलले जानकारी दिनुभयो ।

सम्बोधन, प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भई नयाँ नेपालको नीति तथा योजनासम्बन्धी जानकारी लिन सम्पूर्ण जापानवासी नेपाली समुदायमा आयोजक सदस्य भण्डारीले अनुरोध गर्नुभएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्चले निःशुल्क प्रवेश हुने गरी ब्यवस्था गरेको कार्यक्रम संयोजक मोहन पौडेल बताउनुभयो ।