स्काभेटरले किचेर मृत्यु

स्काभेटरले किचेर मृत्यु


संखुवासभाको खाँदबारीमा स्काभेटरले किचेर घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आइतबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

तुम्लिङटार–चेवाबेंसी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिबार ती वृद्धलाई किचेको थियो । राई स्काभेटरले काम गरेको हेर्न त्यहाँ पुगेका थिए ।

भोजपुरनिवासी स्काभेटरचालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।