लगातार घट्दै सुनको मूल्य

लगातार घट्दै सुनको मूल्य


पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (२९ भदौ) छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार ३०० मा कारोवार भएको थियो ।पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला रु २००÷२०० ले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला ८४० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८७० मा खरीद–बिक्री भएको थियो ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ ।

आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०।५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिऔँस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।