ओएनयुएसको प्रशिक्षण कार्यक्रम सम्पन्न

ओएनयुएसको प्रशिक्षण कार्यक्रम सम्पन्न


■ आरके श्रीवास्तव, ओमान

ओमान नेपाली एकता समाजको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार (१३ सेप्टेम्बर २०१९) मस्कटमा उत्तm प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

दैनिक कामबाट बचेको समयलार्इ सदुपयोग गर्दै प्रवासी श्रमिकहरुको विभिन्न समस्यालाई समाधान गर्न हातेमालो गर्दै आएको संगठन ओमान नेपाली एकता समाज केन्द्रीय समितिले केन्द्रिय सदस्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको बताइएको छ।

कार्यक्रममा एकता समाजका अध्यक्ष छविलाल बस्नेतले संगठन ,पद्धति, माइनट, अनुशासन, जनवादी साहित्य लगायत विविध विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै, प्रशिक्षकहरू विष्णु अर्यालले एकता समाज तथा ओमान नेपाली एकता समाजको इतिहास, सोम तामाङले एकता समाजको उद्देश्य, दीपक रम्तेलले प्रवासी नेपालीहरुलाई मताधिकार र प्रतिनिधित्वको आवश्यक किन ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

विभिन्न अन्य विषयमा थप छलफल समेत गरिएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता एकता समाजका केन्द्रीय सदस्य मन्जु बानियाँले गरेकी थिइन् भने कार्यक्रम संचालन महासचिव सोम तमाङले गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली तथा सम्पुर्ण मेहनती वर्गको लागी एकताबद्ध भएर लाग्ने एक्यबद्धता जनाउदै सभाध्यक्षबाट कार्यक्रम समापन गरिएको ओमान नेपलीज युनिटी सोसाइटीका सचिव दीपक रम्तेलले जानकारी गराए ।