मस्तिष्क पक्षघातपीडित पराजुलीलाई एक लाख सहयोग

मस्तिष्क पक्षघातपीडित पराजुलीलाई एक लाख सहयोग


■ टोकियो, जापान

जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीड़ित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानीपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुऱ्याउन पर्वत समाज जापानले सञ्चालन गरेको सहयोग संकलन समितिद्वारा संकलित एक लाख रुपैयाँ पीड़ित परिवारलाई पठइएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिएका छन् ।

लामो समयदेखि बाँसबारी (काठमाडौं) स्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराइरहेका पराजुलीको उपचाररार्थ दैनिक ३० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

पर्वत समाज जापानले आर्थिक संकलन गर्न समाजका सदस्य कृष्ण भुसालको संयोजकत्वमा एक समिति बनाई सहयोग रक़म संकलन गरिएको महासचिव जनक सुवेदीले जानकारी दिए ।

पर्वत समाज जापानले शनिबार हस्तरण कार्यक्रमको आयोजना गरी रकम नेपाल पठाइएको हो । आर्थिक सहयोग संकलनमा सहयोग गर्ने सबै सहयोगीहरुमा धन्यवाद ज्ञपान गर्दै पर्वत समाज जापानले उपचाररत पराजुलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।