इण्डो-नेपाल तीज फेस्टिभलका नेपाली कलाकारहरू आइपुगे ओमान

इण्डो-नेपाल तीज फेस्टिभलका नेपाली कलाकारहरू आइपुगे ओमान


■ आरके श्रीवास्तव, ओमान

इण्डो-नेपाल तीज फेस्टिभल ओमानमा आयोजना हुँदैछ । राजधानी मस्कटको अलखोयरस्थित चाँदनीचोकमा आयोजना हुने कार्यक्रम आज (१३ सेप्टेम्बर २०१९ शुक्रबार) राति ८ बजेदेखि तीज विशेष कार्यक्रम ‘INDO–NEPAL तिज फेस्टिभल मुजिकल नाइट’ हुने भएको हो ।

कार्यक्रमको आयोजन मेहबुब हसन र राजकुमार न्यौपानेले गरिराख्नु भएको छ । तीज फेस्टिभल कार्यक्रम मा नेपाली तथा भारतीयका ख्याति प्राप्त कलाकार हरुको उपस्थिति रहने आयोजकले जनाएको हो । कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको तीज फेस्टिभल का को(अर्डिनेटर न्यौपानेले बताए ।

नेपाली कलाकारहरू नायिका चुल्थिम डोलमा गुरूङ, नम्रता झा, गायक विराज गौतम, अभिषेक कार्की ओमान आइपुग्नु भएको छ । त्यस्तै, भारतीय कलाकारहरू मिसेज एशिया फेसिफिक रश्मी सहाय, मिसेज इण्डिया रनर अप कमल मुंगिया पनि तीज फेस्टिभल का आइपुगेका हुन् । कार्यक्रममा ओमानी गायक सरफराज अहमदको पनि सहभागिता रहने जनाइएको छ ।