रवन र प्रमा एशियन बक्सिङका लागि छनोट

रवन र प्रमा एशियन बक्सिङका लागि छनोट


एसबीसी एशियन जुनियर बक्सिङ प्रतियोगिताका लागि रवन र प्रमा छनोट भएका छन् । पुरुष ५२ केजी तौल समूहको फाइनल खेलमा नक्सालका रवन अलीले बानुज क्लबका एलेव बडगामीलाई अंकका आधारमा ५–० ले हराउँदै छनोट भएका हुन् ।

त्यस्तै, महिला ४८ केजी तौल समूहको फाइनल खेलमा जिमखानाकी प्रमा रानाले दाङकी सुशीला थापालाई ५–० अंकले पछि पार्दै छनोट भइन् ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोट भएका खेलाडीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै स्वर्ण जित्ने लक्ष्यका साथ खेल्न सुझाव दिए । प्रत्येक बाउट जितेबापत ५० हजार नगदले पुरस्कृत गर्नेछौँ । प्रतियोगितामा युएईमा अक्टुबर ८ देखि १७ सम्म सञ्चालन हुँदैछ ।