कोरिया सरकारद्वारा तेक्वान्दोका अध्यक्ष सम्मानित

कोरिया सरकारद्वारा तेक्वान्दोका अध्यक्ष सम्मानित


नेपालमा तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुऱ्याएवापत नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा सम्मानित भएका छन् । राणालाई कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रमका बीच दक्षिण कोरियाली सरकारले सम्मानित गरेको हो । राणालाई कोरियाली खेलकुद सहायकमन्त्री रोह ते काङले सम्मानित गरेका हुन् ।

कोरियाली सरकारले प्रत्येक वर्ष सेप्टेम्बर ४ तारिखका दिनलाई तेक्वान्दो दिवसको रुपमा मनाउने गर्दछ । सो अवसरमा तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने व्यक्तिलाई सम्मान गरिन्छ । सो अनुरुप अध्यक्ष राणालाई सम्मान गरिएको हो ।

यसअघि कोरियाली नागरिकहरुलाई मात्र यो सम्मान प्रदान गरिन्थ्यो । यो सम्मान पहिलो पटक विदेशी नागरिकलाई पनि प्रदान गरिएको हो । जसअन्तर्गत विश्वभरिबाट दुई जनाले मात्र उक्त सम्मान पाएका छन् । यो सम्मान नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा र अमेरिकि नागरिक यू योङ जुनले पाएका थिए ।