फ्रान्समा उखरमाउलो गर्मी, अहिलेसम्म १४ सयको मृत्यु

फ्रान्समा उखरमाउलो गर्मी, अहिलेसम्म १४ सयको मृत्यु


फ्रान्समा पछिल्लो समय गर्मी बढेको छ । उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

स्वासथ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेर समुहका मानिस रहेका छन् । यसप्रति सरकारले समयमै सावधानी अपनाइएको छ ।
गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो। थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ।

गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो।