‘पूँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक’

‘पूँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक’


नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद स्थापनाका लागि पूँजीवादविरुद्ध लड्न मजदुरको एकता र सङ्गठन आवश्यक भएको बताएका छन् ।

नेपाल क्रान्तिकारी मजदूर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदूर सङ्घको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पुँजीवादी व्यवस्थाले कहिल्यै पनि मजदूर वर्गको हित नगर्ने बताए ।

मजदूरले आफ्नो पेशामा निपुणता हासिल गर्दै जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने औंल्याउँदै अध्यक्ष बिजुक्छेले समाजवादी देशमा मजदूर पनि बुद्धिजीवी हुने बताए । पैसाकै लागि मात्र काम गर्ने प्रवृत्ति सही नभएको भन्दै उहाँले समाजवादी देशका मजदूरले देश निर्माणमा आफ्नो योगदान दिन अतिरिक्त श्रम गर्ने भावनाको विकास गरिने बताए।