बचतकर्ताको लागि सिभिल बैंकले ल्यायो यस्तो योजना

बचतकर्ताको लागि सिभिल बैंकले ल्यायो यस्तो योजना


■ पुनहरि बेल्बासे, भैरहवा

सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको छ । २०६७ सालमा स्थापना भएको सो बैंकले हाल ९६ ओटा शाखा, ६२ ओटा एटिएम सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

८४ अर्ब लगानी रहेको बैंकले ३ लाख २२ हजार सेवाग्राही आबद्ध रहेको प्रादेशिक कार्यालय भैरहवाका प्रमुख किरण धमलाले जनाकारी दिए । बैंकले एकदेखि ७ वर्षसम्मको निश्चित समय लिई बैंकमा रकम बचत गर्नेलाई ९ दशमलव ७५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने प्रमुख धमलाले बताए ।

उनका अनुसार एन्युटी डिपोजिट योजनाबाट भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्ने बचतकर्ताले निश्चित अवधि तोकी मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र इच्छाइएको रकम सो अवधिपश्चात एकमुष्ट पाइने व्यवस्था छ ।