एनआरएन सोसल क्लब ओमानका सहकोषाध्यक्ष गिरी निलम्बित

एनआरएन सोसल क्लब ओमानका सहकोषाध्यक्ष गिरी निलम्बित


  • आरके श्रीवास्तव, ओमान

गैरअवासीय नेपाली सोसल क्लब ओमानका सहकोषाध्यक्षलाई निलम्बन गरिएको छ । ०६ सेप्टेम्बर २०१९ शुक्रबार का दिन बसेको क्लबको पूर्ण समितिको बैठकले सहकोषाध्यक्ष गिरीलाई निलम्बन गरेको हो । संस्थाको गरिमामा आँच पुग्ने कार्य बारम्बार दोहोर्याएको हुँदा क्लबको विधानको धारा १४.३ अनुसार सहकोषाध्यक्ष पदबाट निलम्बन गरिएको क्लबले जनाएको छ। निर्णय भएकै दिनदेखि संस्थाको केन्द्रीय कार्यकारिणी समितिमा नरहने एवम् उनले गरेको कुनै पनि कार्यप्रति एनआरएन सोसल क्लब जवाफदेही नरहेको गैरअवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा पूण द्वारा हस्ताक्षरित नोटिसमा उल्लेख गरिएको छ ।

बताइएअनुसार सहकोषाध्यक्ष गिरीद्वारा समाजिक संजालमा संस्थाको विरोध गरेको र एनआरएनका नेताहरूलाई गाली गरेको भन्दै निलम्बन गरिएको बुझिएको छ । यसअघि पनि उनले विभिन्न समयमा समाजिक सञ्जालमा केही आपतिजनक शब्दहरू कमेन्टमा लेखेको स्रोत बताउँछ ।

मर्यादित संस्थामा रहेर बारम्बार अमर्यादित शब्दहरू बोल्ने व्यक्तिका कारण संस्थाको वदनामी हुने भन्दै कारवाही गरिएको एनआरएन सोसल क्लब ओमानका प्रमुख संरक्षक दीपक श्रेष्ठले बताए ।