भृकुटीमण्डपमा ५ सयदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता

भृकुटीमण्डपमा ५ सयदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता


भृकुटीमण्डपमा विभिन्न ९ वटा चर्चित नेपाली ब्राण्डका जुत्ता चप्पलको मेला सुरु भएको छ । ‘नेपाली जुत्ता चप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराका साथ दशैँ महाकुम्भ मेलाको आयोजना गरिएको हो ।

मेलामा एकसय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका चप्पल र ५ सय रुपैयाँदेखि ४ हजार मूल्यसम्मका नेपाली जुत्ताहरु बिक्रिका लागि राखिएको मेलाका संयोजक प्रमोदकुमार महतो बताउँछन् ।

मेलाले देशले व्यहोर्नुपरेको व्यापार घाटालाई न्यूनिकरण गर्न सघाउ पु¥याउने आयोजकको विश्वास छ । साथै बिदेशी जुत्ताभन्दा पनि नेपाली श्रम, सीप र पुँजीबाट निर्मित नेपाली जुत्ताको प्रयोग गर्न आयोजकको आग्रह छ ।

असोज १८ गतेसम्म चल्ने मेलामा कारखानाबाट सिधै उपभोक्तासम्म पुग्ने हुँदा उच्च गुणस्तरका जुत्ता निकै कम मूल्यमा बिक्रि गर्न लागेको आयोजकको दावी छ ।

मेलाको उद्घाटन गर्दै प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपाली उत्पादनमा जोड दिए नेपाली श्रम, सिप र पुँजीको सम्मान हुने बताए । स्वदेशी उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको प्रति उद्योगी व्यवसायीको चिन्ता छ ।