यू-१९ एसिया कप : नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

यू-१९ एसिया कप : नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै


श्रीलंकामा जारी यू–१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ । खेलको सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने बाध्यता छ । आज बंगलादेशसँग पराजित भएमा खेल अघि नै यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै नेपाल बाहिरिने छ ।