शनिबार ११.३० बजेदेखि मोबाइल सेवामा केही समस्या आउन सक्ने

शनिबार ११.३० बजेदेखि मोबाइल सेवामा केही समस्या आउन सक्ने


शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने भन्दै नेपाल टेलिकमले सूचना जारी गरेको छ । सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले समस्या देखिन लागेको हो ।

टेलिकमका अनुसार शनिबार राति ११.३० बजेदेखि मोबाइल सेवामा केही समस्या आउन सक्ने छ । टेलिकमले सिस्टममा फेरबदल भएपछि मोबाइलमा कुनै समस्या आएमा मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले आफ्ना ग्राहकहरुलाई सुझाव दिएको छ ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोरजी सेवा विस्तार गर्ने सरकारी योजना छ । यसका लागि चिनियाँ कम्पनीहरुले काम गरिरहेको टेलिकमले जनाएको छ ।