पोर्चुगलमा कवि नवराज पराजुली गुन्जिदै !

पोर्चुगलमा कवि नवराज पराजुली गुन्जिदै !


  • भगवान गिरी, लिस्बन,

चर्चित युवा कवि नवराज पराजुली पोर्चुगलमा सेक्टेम्बर ८ बिहान आईपुग्ने भएका छन् ।

मेला लिस्बोआको आयोजनामा यही ८ सेप्टेम्बरका दिन राजधानी लिस्बनको आन्जोसस्थित जिनासियो हलमा हुने कबिता कन्सर्टमा कवि पराजुली सहभागिता जनाउनका लागि लिस्बन आउन लागेका हुन ।

कविता कन्सर्टसंगै भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि युरोप यात्रामा निस्किएका कवि पराजुलीलले पोर्चुगलमा पनि अभियान संचालन गर्ने कार्यक्रम रहेको आयोजक हरि थापाले बताए ।

नेपाली भाषा, कला र साहित्यको संरक्षण, प्रबद्र्धन गर्ने तथा प्रवासमा रहेका युवा पुस्तालाई नेपाली भाषा र साहित्यका बिषयमा जानकारी दिने उद्धेश्यले कविता कन्सर्ट आयोजना गरिएको थापाले जानकारी दिए ।

चर्चाको शिखरमा रहेका कवि पराजुलीको कविता कन्सर्टमा बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । उनका चर्चित कविता सगरमाथाको गहिराई, खोया, आमा, लगाएतका बहुचर्चित कविता बाचन हुने कार्यक्रम छ ।

कन्सर्टमा पोर्चुगलमा रहेका नेपालीहरुको कविता पनि समावेश गरिने भएको छ । माल्टाबाट शुरु भएको पराजुलीको युरोप कविता कन्सर्ट यात्रा युरोपका बिभिन्न युरोपेली राष्ट्रहरुमा पनि हुने छ ।