प्रधानमन्त्री जोनसनको मागलाई समर्थन नगर्न विपक्षी दलहरू सहमत

प्रधानमन्त्री जोनसनको मागलाई समर्थन नगर्न विपक्षी दलहरू सहमत


यतिबेला ब्रेक्जिटलाई लिएर ब्रिटेनमा राजनीतिक घम्साघम्सी भइरहेको छ । बीबीसीका अनुसार मध्य अक्टोबरमा आम निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको मागलाई समर्थन नगर्न दलहरु एकमत भएका हुन् ।

प्रधानमन्त्री जोनसनको मागमा समर्थन नजनाएका विपक्षी दलहरुले सरकारको विरुद्धमा मतदान गर्ने चेतावनी दिएका छन् । लेबर, लिबरल डेमोक्र्याट, द स्कटिश न्याशनल पार्टी (एसएनपी) र वेल्सको सोसियल डेमोक्र्याटिक पार्टी प्लाइड कम्रीका अनुसार समयअगावै चुनाव गर्ने प्रस्तावबारे फरक मत छ ।

यता, प्रधानमन्त्री जोनसनले भने पार्टीहरूले असाधारण राजनीतिक गल्ती गरेको बताउँदै आएका छन् । प्रधानमन्त्री जोनसन आगामी अक्टोबर १७ र १८ मा हुने ब्रसेल्स शिखर सम्मेलनअगावै अक्टोबर १५ मा चुनाव होस् भन्ने चाहन्छन् ।