ओमानमा रहेका नेपाली संघ-संस्थालाई अध्यावधिक गर्न दूतावासको नोटिस

ओमानमा रहेका नेपाली संघ-संस्थालाई अध्यावधिक गर्न दूतावासको नोटिस


■ आरके श्रीवास्तव, ओमान

नेपाली राजदूतावास मस्कट ओमानले यहाँस्थित सबै नेपाल संघ-संस्थाहरूलाई अध्यावधिक गर्न एक सूचना जारी गरेको छ । भदौ १७ गते जारी गरिएको नोटिसमार्फत सबै संस्थाहरूको विवरणसहित अध्यावधिक गर्न भनिएको छ ।

ओमानमा सक्रिय नेपाली संघ संस्थाहरूले ओमानस्थित नेपाली समुदायहरूलाई पुऱ्याएको योगदानप्रति नेपाली दूतावासले कृतज्ञता प्रकट गरेको छ । आफनो कार्य समयको अलावा थप समय निकालेर ओमानमा नेपालको कला, संस्कृति र विशेषगरी नेपालीपनलाई निरन्तरता दिन यहाँका नेपाली संस्थाहरूले खेलेको भूमिकाप्रति नेपाली दूतावासले अभार प्रकट गरेको छ ।

ओमानमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई ओमानको समाजिक मामिला मन्त्रालयको कानुनको अधीनमा रही नेपाली सोसल क्लबमार्फत अनुमति लिएर यस्ता कार्यक्रम आयोजना गर्न सबैमा हौसला प्रदान गर्ने कुरामा दूतावासले जोड दिएको छ ।

नेपाली दूतावास र नेपाली संघ संस्थाहरूबीच रहेको अनोन्याश्रित सम्बन्धलाई थप जिम्मेवार र औपचारिक बनाउन ओमानमा रहनुभएका र ओमानलाई आफ्नो कार्यक्षेत्र बनाएका सबै नेपाली संघ संस्थाले आ-आफ्नो वर्तमान कार्य समितिमा रहेका पदाधिकारीहरू तथा संस्था समेतको अध्यावधिक विवरण १० सेप्टेम्बर २०१९ भित्र बुझाउनका लागि दूतावासले सार्वजनिक सुचनामार्फत अनुरोध गरेको छ ।

अध्यावधिक गर्न छुट्न गएकोमा अगामी दिनमा नेपाली दूतावासले उत्तm संस्थासँग सहकार्य गर्न असमर्थ हुने सूचनामा उल्लेख गरिएको छ । सबै संघ संस्थालाई आ(आफ्नो विवरण दूतावासको मेल एड्रेस धधध।[email protected] मा उपलब्ध गराउन भनिएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी गराउनु भएको हो ।