तीज कार्यक्रमको लागि सललाह आइपुगे फुलन्देको आमा र गायिका उमा

तीज कार्यक्रमको लागि सललाह आइपुगे फुलन्देको आमा र गायिका उमा


■ आरके श्रीवास्तव, ओमान

ओमानको राजधानी मस्कटबाट करिब १ हजार किलोमिटर टाढा सललाह शहरमा बसोबास गर्ने नेपाली महिलाहरूले भव्यताका साथ तीज मनाउँदै छन् । नेपाली महिला समूह ओमान सललाहको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम २०७६ आयोजन गरिएको हो ।

आज (३० अगस्ट २०१९ शुक्रबार) दिउँसो ३ बजे सललाहस्थित अल लुबन प्यालेस हलमा आयोजन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा चर्चित लोक गायिका उमा श्रेष्ठ र हास्य कलाकार फुलन्देको आमा (उमेश राई) सललाह आइपुगेका नेपाली महिला समूह ओमान सललाहकी अध्यक्ष कमला तमाङ्गले जनाएकी हुन् ।

कार्यक्रमको लागि टिकट दर ओमानी रियाल ५ राखिएको छ । प्रवासमामा रहेर पनि आफ्नो रीतिरिवाज संस्कृतिलाई निरन्तरता दिँदै महिला समुहले नेपाली नारीहरुको माहान चाड हरितालिका तीज चौथोपटक भव्य रूपमा मनाउन लागेको हो । कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिन सम्पूर्ण सललाहवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई चुल्है निम्तो गरिएको आयोजक संस्थाकी प्रवक्ता गीता थापाले जनाइन् ।