‘कारगिल गर्ल’ जान्हवीको फस्ट लुक नै चर्चामा

‘कारगिल गर्ल’ जान्हवीको फस्ट लुक नै चर्चामा


भारतीय लडाकु पाइलट गुन्जन सक्सेनाको बायोपीकमा आधारित फिल्म ‘द कारगिल गर्ल’ फस्ट लुक सार्वजनिक भएको छ । यो फिल्ममा जान्हवी कपुरले ‘गुन्जन’को भूमिका निभाएकी छिन् । ‘द कारगिल गर्ल’को फस्ट लुक सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ । जान्हवी यो फिल्ममा अलग रुपमा देखिएकी छिन् ।

जान्हवीले आफ्नो सोशल मिडिया अकाउन्टमा फिल्मको तीन पोस्टर सेयर गरेकी छिन् । पहिलो पोस्टरमा उनी कागजको प्लेन उडाउँदै गरेकी छिन् । यो पहिलो पोस्टरलाई सेयर गर्दै जान्हवीले लेखेकी छिन्–‘केटी पाइलट किन बन्दैनन् ?’

यो बायोपिक फिल्मको निर्देशन शरण शर्माले गरेका छन् । फिल्म आउँदो साल मार्चमा १३ मा रिलिज हुँदैछ ।