छात्रवृत्ति प्राप्त गर्ने सय विद्यार्थीलाई प्रशंसापत्र

छात्रवृत्ति प्राप्त गर्ने सय विद्यार्थीलाई प्रशंसापत्र


■ श्याम क्षेत्री, टोकियो

गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा एक सय नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमका बीच प्रशंसापत्र हस्तान्तरण गरिएको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विद्यार्थी तथा अन्य अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । गत ५ तारिख सार्वजनिक भएको नतिजाअनुसार मंगलबार (१० भदौ) प्रशंसा पत्र प्रदान गरिएको हो । प्रतिविद्यार्थी मासिक ३० हजार जापानी येनका दरले २ वर्षसम्मको लागि छात्रवृत्ति दिइने जनाइएको छ ।

विद्यार्थीको बढ्दो संख्यासँगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनीकरणमा अग्रसरता देखाउँदै एनआरएनए जापानले छात्रावृत्ति कार्यक्रम संचालन गर्दै आएको महासचिव बुद्धिराज घिमिरेले बताए । उनका अनुसार यसअघि पनि यस्तै प्रकृयाबाट ३० जना विद्यार्थीले छात्रवृत्ति सेवा पाइसकेका छन् भने फेरि १०१ जना विद्यार्थी सिफारिस गरिएको छ।

‘विद्यार्थी जीवन विषयक अन्तरकृया तथा छात्रवृत्ति प्रशंसा पत्र हस्तान्तरण कार्यक्रम’ संगै विकास लम्साल र वीरेन्द्र भाइलाले विद्यार्थीका लागि मोटिभेसन कार्यक्रम सहजिकरण गरेका थिए । विद्यार्थीका तर्फबाट माया तमाङ, आशिष अधिकारी र अन्जिता गोम्वेले विद्यार्थी जिवन र छात्रवृत्ति सेवाबाट आफ्नो लगायत जनमानसमा एनआरएनए प्तिको सोचाईनै परिवर्तन भएको धारणा राखे ।

अध्यक्ष टासी वांग्दी लामाका अनुसारपरिचयात्मक कार्यक्रममा विद्यार्थीहरुले नेपालमा एनआरएनएको बारेमा भन्ने गरेको शब्द र यहाँ एनआरएनए जापानको काम फरक पाइएकोले गलत भ्रममा नपर्न सबैमा अनुरोध गर्दै एनआरएनए जापान, IHNO र नेपाली दुतावास टोकियोप्रति कृतज्ञता ब्यक्त गरे। विद्यार्थी जीवनमा जापानको दैनिकी, शिक्षा र भविष्यको बारेमा जानकारी लिँदै महामहिम राजदुत प्रतिभा राणाले कुनै पनि समस्या परेमा दुतावास आउन र कुनै पनि समय आफुलाई मेल गर्न जानकारी दिँदै, विद्यार्थीको लगनशीलता र मेहनतप्रति धन्यवाद ब्यक्त गरिन् । यो अभियानमा दुतावासको तर्फबाट पनि सहयोग गरिएको र विद्यार्थीकै सकारात्मक पक्षले समाज परिवर्तन हुने बताउँदै राजदूतद्वारा एनआरएनए जापान र IHNO प्रति विशेष धन्यवाद ब्यक्त गरियो ।

अध्यक्ष लामाले राजदूतमार्फत एनआरएनए जापानबाट छात्रवृत्तिको लागि सिफारिस गरिएका १०१ जना विद्यार्थीको नामावली हस्तान्तरण गर्दै विधार्थीहरुलाई प्रशंसापत्र हस्तान्तरण गरे । छात्रवृत्तिको बारेमा विद्यार्थीले पालना गर्नुपर्ने विषयहरुको जानकारी कमल वास्तोलाले दिनुभएको थियो भने IHNO का प्रेसिडेन्ट कोमीयामा योशिहारुले जापानमा विद्यार्थीहरुको अवस्था र नेपाली विधार्थीसँगको समन्वय र सहयोगका बारेमा प्रकाश पार्दै नेपाली र नेपाल आफुलाई प्यारो लाग्ने र ल्च्ल्ब् जापान, नेपाल राजदुतावासले राम्रो सहकार्य गर्न सकेको खण्डमा आगमी दिनमा थप विद्यार्थीलाई सहयोग गर्न सकिने बताए ।

कार्यक्रम एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाको अध्यक्षतामा रहेको थियो भने महासचिव बुद्धिराज घिमिरेले संचालन गरेका थिए ।