गर्भवती एमीले यसरी मारिन् मस्ती

गर्भवती एमीले यसरी मारिन् मस्ती


चर्चित अभिनेत्री एमी जेक्सन गर्भवती बनेको भएको ३५ साता भएको छ । यस हिसाबले अब एक–डेढ सातामा उनी प्रसुती हुँदैछिन् । रोचक त के छ भने बच्चा जन्माउने मुखैमा पुगेकी एमी अझै अविवाहित नै छिन् ।

आफूले नवजात शिशुलाई जन्म दिन लागेको खुशीमा एमीले आफ्ना भावी पति जर्ज पानाइयोटोसँग स्वीमिङ पुलमा रमाइलो गरेको फोटो इंस्ट्राग्राममार्फत सार्वजनिक गरेकी छिन् । यतिबेला उक्त फोटो निकै भाइरल भएको छ ।

प्रसुती हुने अन्तिम समयमा आफ्ना प्रेमी जर्जसँग स्वीमिङ पुलमा मस्ती मारेको उक्त तस्बिरमा एमी स्वीमिङ सुटमा जर्जलाई अँगालो मारिरहेकी छिन् ।

गर्भवती अवस्थाको आफ्ना फोटो शुरुदेखि नै एमीले इंस्ट्राग्राममा राख्दै आए पनि यस्तो प्रकृतिको तस्बिर भने अहिलेसम्म उनले सार्वजनिक गरेकी थिइनन् । एमीलाई आफ्ना भावी पतिसँग निकै खुशी देखेर उनका प्रशंसकहरू पनि आनन्दित हुन पुगेका छन् ।