टोक्योमा राप्ती समाज जापानको तीज कार्यक्रम

टोक्योमा राप्ती समाज जापानको तीज कार्यक्रम


■ श्याम क्षेत्री, जापान

राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रमअन्तर्गत दर खाने कार्यक्रम सम्पन्न भएको छ । टोक्योको लॉलीगुरॉस रेष्टुरेन्टमा भएको दर खाने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युवराज रेग्मीले गरेका थिए भने प्रमुख अतिथि समाजका सल्लाहाकार तारा प्रकाश बुढा मगरको रहेको थियो ।

महासचिव प्रकाश ओलीले सञ्चालन गरेको कार्यक्रममा प्रवक्ता कमल बॉठा र सह कोषाध्यक्ष आयुष्मा पुन मगरको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा राप्तीभित्र र बाहिरका नेपाली दिदिबहिनीहरुको भब्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई भब्य र सभ्य रुपमा समपन्न गर्नको लागि उपाध्यक्ष नारायण मगर, मनराज विश्वकर्मा, सचिव पन्चवीर चौधरी, कोषाध्यक्ष केशव भण्डारीलगायत कार्यसमितीका सदस्यहरुले ब्यवस्थापन गरेका थिए । महिला दिदिबहिनीहरुले आफ्नो संस्कार संस्कृति झल्कने खालका भेषभूषामा नाचगान गर्नुका साथै खानाका विभिन्न परिकाको पनि ब्यवस्था गरिएको थियो ।

समाजले प्रत्येक वर्ष तीजको अवसरमा महिला दिदिबहिनीलाई लक्षित गरी यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा कार्यसमितिका सम्पूर्ण पदाधिकारीलगायत राप्तीवासीको बाक्लो रुपमा उपस्थिति रहेको थियो ।