प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ट्वीटमार्फत उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै सांसद तथा पूर्वअर्थमन्त्री जेटलीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनले ट्वीटमा भारतीय जनता, सरकार र शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्तसमेत गरेका छन् । जेट्लीको ६७ वर्षको उमेरमा गएराति निधन भएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले नेपाली काङ्ग्रेसका नेता रमेश लेखकको पिता डा प्रयागदत्त लेखकको निधनको समाचारबाट दुःख लागेको बताएका छन् । ट्वीट गर्दै उनले नेता लेखक र समग्र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत बुबाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । लेखकका बुबाको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तराष्ट्रिय अस्पतालमा निधन भएको थियो ।