भाजपाका वरिष्ठ नेता जेट्लीको निधन

भाजपाका वरिष्ठ नेता जेट्लीको निधन


भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता एवम् भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहँदै आएका ६७ वर्षीय जेट्लीलाई सास फेर्न अप्ठ्यारो भएपछि केही दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्तमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका जेट्ली मोदी सरकारको सफलताका लागि एक अहम् हिस्सा सावित भएका थिए ।

गत मे महिनामा जेट्लीको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो ।