भ्रमण बर्षलाई लक्षित गर्दै कैलाशले उडायो नयाँ हेलिकोप्टर

भ्रमण बर्षलाई लक्षित गर्दै कैलाशले उडायो नयाँ हेलिकोप्टर


दुई वटा हेलिकप्टरबाट सेवा पु¥याइरहेको कैलाश हेलिकप्टर सर्भिस प्रालिले थप एक थान नयाँ हेलिकप्टर सञ्चालनमा ल्याएको छ । कम्पनीको हालै भित्र्याएको हेलिकोप्टरले आजबाट उडान शुरु गरेको हो । योसँगै कम्पनीसँग उडानका लागि तीन हेलिकप्टर भएका छन् ।

कैलाश हेलिकप्टरका बजार निर्देशक प्रतापजङ पाण्डेले ‘नाइन एन एमटी एएस– ३५०’ कलसाइन भएको बी ३ ई हेलिप्टरले उडान शुरु गरेको जानकारी दिए । थपिएको हेलिकप्टरले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु¥याउने विश्वास लिइएको छ । विपद्मा उद्धार, राहत वितरण तथा विदेशी पर्यटकलाई लक्षित गरिएको छ । पछिल्लो समय हेलिकप्टरको सेवा प्रयोग गर्ने नेपालीको सङ्ख्या बढ्दो छ ।

कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पु¥याउने, ‘कर्पोरेट फ्लाइट,’ ‘ह्युमन कार्गो स्लिङ अपरेसन्स’, ‘हाइअल्टिच्युट अपरेसन’, ‘एरियल सर्भे, दृश्यावलोकन’, ‘माउन्टेन फ्लाइट’, ‘स्पेसल एड्भेञ्चर मिसन’, ‘फिल्मिङ’, ‘स्काई डाइभिङ’ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको जनाएकोे छ । मुलुकभित्र अहिले १० ओटा हेलिकप्टर सेवा प्रदायक कम्पनी सञ्चालनमा छन् ।