रविको सर्मथनमा कपिलवस्तुमा ऱ्याली निकालिने

रविको सर्मथनमा कपिलवस्तुमा ऱ्याली निकालिने


■ सनिउल्ला धोबी, कपिलवस्तु

न्युज २४ बाट प्रसारित गरिने सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछानेको रिहाई तथा दिवंगत पत्रकार शालिकराम पुडासैनीको न्यायका लागि कपिलवस्तुमा ऱ्याली निकालिने भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा शुक्रबार बसेको स्थानीय युवा, समाजसेवी व्यपारी, बुद्धिजीवीहरुको भेलाले रविको समर्थन तथा न्यायको लागि ऱ्याली निकाल्ने निर्णय गरेका हुन् ।

भोली शनिबार (७ भदौ) अपरन्ह ४ बजे ऱ्याली तथा कोणसभा कार्याक्रम गरिने बताइएको छ । आज बसेको भेलामा सम्पुर्ण देशभक्त न्यायप्रेमी आमाबुबा दाजुभाइ दिदीबहिनीलाई शिवराज नगरपालिका ५ गंगा कम्प्लेक्स चन्द्रौटामा उपस्थितिका लागि अनुरोध गरिएको युथ अफ शिवराजले जनाएको छ ।