प्रमुख सचेतकको निवासमा बम विष्फोट गर्नेहरु पक्राउ

प्रमुख सचेतकको निवासमा बम विष्फोट गर्नेहरु पक्राउ


■ एस. क्षेत्री, रुपन्देही

नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम यादव, गैडहवा गाउँपालिका–६ रुदल यादव र सियारी गाउँपालिका–६ का विष्णुप्रसाद तिवारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

गत साउन ३१ गते ढकालको घरमा विष्फोट गराएको आरोपमा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले साउन ३१ र ३२ गते उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा विष्फोटन पदार्थ तथा आगलागी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको रुपन्देही प्रहरी प्रमुख एस्पी ह्दय थापाले जानकारी दिए ।