वेद र संस्कृतको सान्दर्भिकता

वेद र संस्कृतको सान्दर्भिकता


माओवादी आन्दोलन केका लागि थियो र प्राप्ति के भयो ? यसको तटस्थ मूल्याङ्कन र समीक्षा भविष्यले गर्ला । त्यसको विश्लेषण फरक पाटो होला । यद्यपि त्यस आन्दोलनको सबैभन्दा चोटिलो प्रहार हिन्दुत्व भएको छ र संस्कृत सबैभन्दा बढी प्रताडित हुन पुग्यो । नेपालको मौलिक विशिष्ट पहिचान मेटाउने, संस्कृत र संस्कृति सिध्याउने कार्य त्यसै आन्दोलनले गरेको छ । हिन्दूधर्ममा रहेको बेथिति, छुवाछुत र विभिन्न विसङ्गतिलाई आधार मान्दै कथितको परिभाषाभित्र ब्राह्मण, सनातन संस्कृत र हिन्दुत्वलाई राखियो । यिनीहरूको ‘घाँटी निमोठ्ने कार्यले अग्रगमनको नाममा प्रोत्साहन’ पाइरह्यो ।

■ धीरज निष्पक्ष

धर्म र संस्कृतिको अनुशरण गर्नु भनेको ‘बाहुनवाद’ सिद्धान्त अवलम्बन गर्नु हो भन्ने विचार नेपालको जनसङ्ख्याको दुईतिहाई मतभन्दा पनि बढीजस्तै हो । त्यस्तै वेद, धर्म, पूर्वीय दर्शन र संस्कृत एक–अर्काको परिपूरक नै हुन् भन्दा अत्युक्ति पनि नहोला । भौतिक र उपभोक्ताको संयुक्त रूप संयुक्तवादी आधुनिक शिक्षा प्रणाली रटेका आधुनिकीकरणका अनुयायी मात्रै होइन, पछिल्लो युवापिँढी आफ्नो धर्म र संस्कृतिको धरातलप्रति बेवास्ता गरिरहेका र निराश छन् । उनीहरू यसको खुलेरै विरोध गर्नसमेत पछि परेका छैनन् । तटस्थ स्वभावका युवाहरूचाहिँ उदासीन छन् । औसत युवाहरू तथा आफूलाई आधुनिक र शहरीया भन्न रुचाउने अभिभावकहरू पनि बुढ्यौली लाग्दा, आफन्त तथा पारिवारिक सदस्यबाट अपहेलित हुँदा तथा थला परेपछि मात्रै धर्मकर्मतर्फ लाग्नुपर्ने मनसाय व्यक्त गर्छन् । उनीहरूको बुझाइमा युवावस्थामै धर्मतिर लागे पछ्यौटेपन तथा पाखण्डेपन हुने र आजको प्रतिस्पर्धात्मक समाजले आफूलाई कम आकलन गर्ने विश्लेषण गर्दछन् । उनीहरूमा वैदिकता, दर्शन र संस्कृतप्रति निकै गहिरो विकर्षण छ ।

धर्मको धेरै नीति र नियम तथा विधि र विधानलगायत नैतिक शिक्षा हुने भएकोले गर्न हुने र नहुने व्यवहारको सीमा तोकिदिने एवम् स्वतन्त्रतामा बाधा पुऱ्याउने उनीहरूको ठम्याइ छ । साथै, अलौकिक शक्तिमा विश्वास गर्दा वैज्ञानिक विचारलाई तिलाञ्जली दिनु हो भन्ने ठान्छन् । धर्मको अनुशरणले आफू साँगुरो घेरामा परिने र विश्वव्यापीकरणको छाडा मनोरञ्जनात्मक स्वतन्त्रताबाट खुम्चिनुपर्ने त्रास युवाहरूमा रहेको देखिन्छ । आज नेपालका युवापङ्क्ति प्राचीनतासँग जोडिएको तपोभूमि नेपालको विशिष्ट पहिचान र वैदिक दर्शनको सभ्यताबाट टाढा भाग्न खोज्दै छन् । यस भगाईमा युवाका आरम्भबिन्दु भनेको नेपालले अङ्गीकार गरेको पश्चिमाशिक्षा, डलरमा बिक्ने नेता र नीतिगत व्यवस्था नै हो । यद्यपि यस दौडको लक्ष्यबिन्दु कहाँ गएर टुङ्गिने र त्यसको परिणाम के आउने हो त्यसमा सम्बन्धित पक्ष सबै अनविज्ञ छन् ।

उनीहरूमा एउटै ध्याउन्न के छ भने, माटोसुहाउँदो शिक्षाभन्दा वैदिकता र हिन्दुत्वको पहिचान मेटिने खालको नीतिनिर्माण तथा कार्यान्वयन गर्ने नै हो । किनकि यसरी शिक्षा दिने शिक्षक, प्रवद्र्धक नेता, नीतिनिर्माणकर्ता, उच्चपदस्थ कर्मचारी कोही ईसाइधर्मका प्रचारक छन्, कोही आधिकारिक एजेन्ट त कोही मासिक डलरमा तलब खाने पास्चर छन् । उनीहरू सबैमा इमानदारिता छ, यद्यपि आफ्नो तलबबापत हिन्दुत्व र वैदिकता नामिट गर्नेमा मात्रै ।

युवा अवस्थामै धर्मतिर लागे पछ्यौटेपन तथा पाखण्डेपन हुने र आजको प्रतिस्पर्धात्मक समाजले आफूलाई कम आकलन गर्ने विश्लेषण गर्दछन् । उनीहरूमा वैदिकता, दर्शन र संस्कृतप्रति गहिरो विकर्षण छ ।

एनजीओ र राजनीतिमार्फत हिन्दुत्व मास्न डलरको खोलो बगाएका पश्चिमाको रणनीतिअनुरूपै १० वर्षे सशस्त्र युद्धमा संस्कृत विषयलाई सामन्तको बिल्ला भिराएर त्यसलाई जलाउने कार्य गरियो । संस्कृत पढाएकै भरमा शिक्षकलाई मार्ने काम भयो । यसले संस्कृत भाषाप्रतिको आस्था र गतिविधिमा आतङ्क सिर्जना भयो, साथै, आँच आउने कार्यले निरन्तरता पाइरह्यो । अन्ततः वैधानिक तवरबाटै संस्कृत भाषालाई निमोठियो र विद्यालय तहबाट अनिवार्य रूपमा हटाउने काम भयो ।

माओवादी आन्दोलन केका लागि थियो र प्राप्ति के भयो ? यसको तटस्थ मूल्याङ्कन र समीक्षा भविष्यले गर्ला । त्यसको विश्लेषण फरक पाटो होला । यद्यपि त्यस आन्दोलनको सबैभन्दा चोटिलो प्रहार हिन्दुत्व भएको छ र संस्कृत सबैभन्दा बढी प्रताडित हुन पुग्यो । नेपालको मौलिक विशिष्ट पहिचान मेटाउने, संस्कृत र संस्कृति सिध्याउने कार्य त्यसै आन्दोलनले गरेको छ । हिन्दूधर्ममा रहेको बेथिति, छुवाछुत र विभिन्न विसङ्गतिलाई आधार मान्दै कथितको परिभाषाभित्र ब्राह्मण, सनातन धर्मसंस्कृति र हिन्दुत्वलाई राखियो । यिनीहरूलाई घाँटी निमोठ्ने कार्यले अग्रगमनको नाममा प्रोत्साहन पाइरह्यो । जातजातिबीच सामन्तवादी र सर्वहारावर्गमा कित्ताकाट गरी जातजातिबीच द्वन्द्व चर्काउने खेती गरियो । जुन अझै पनि पहिचान र समावेशिताको नाममा जातिगत सङ्घीयता तथा धर्मनिरपेक्षताको मलजलले गोडमेल गरिँदै छ । हिन्दूधर्मको गलत व्याख्या र हिन्दूवादीहरूको कमजोर मानसिकतामा मनोवैज्ञानिक ढङ्गबाट धर्मान्तरण क्रमिक रूपमा फस्टाउँदो छ ।

संसारकै प्राचीनतम ज्ञान, विज्ञान, वेद, उपनिषद्, महाभारत, रामायण, गीता र दर्शनको समुद्र हिन्दूधर्मलाई सामान्य नैतिक शिक्षामा सीमित बाइबलसँग साट्दै छौँ । त्यो पनि दैनिक उपभोग्यवस्तु खरिद गर्नैका लागि मात्रै । अतः सबै धर्मप्रति सम्मान हुन सक्छ, तर सबै धर्म समान कहिले हुनै सक्दैन । यो वाणी साँच्चिकै सत्य हो ।

विश्वमा पहिलोपटक परमाणुबारे व्याख्या गरेको हाम्रो शास्त्र वैशेषिकमा हुँदाहुँदै पश्चिमाको प्रभावमा सञ्चालित घोकन्ते शिक्षामा डेमोक्रेट्सले सर्वप्रथम परमाणु पत्ता लगाएको औपचारिक जानकारीलाई कण्ठस्थ पारिएको छ ।

तत्कालीन ग्रिस साम्राज्यमा समयसापेक्ष ज्ञान भएका प्लेटो, अरस्तु र सुकरातलाई हामी महान् दार्शनिक भनेर सम्बोधन गर्छौं, जब कि तुलनासमेत गर्न नसकिने आफ्नै भूमिमा जन्मेका व्यास, बुद्ध, चाणक्य, कपिल, कालीदास र पाणिनीलाई हामी पछौटे र ढुङ्गेयुगी बिल्ला भिराउँछौँ । यसैलाई भनिन्छ, टुप्पोमा बसेर फेद काट्ने, वा आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्ने ।

अभिभावकहरू नै संस्कृतबारे यथेष्ट जानकार छैनन् । उनीहरू संस्कृत शब्दमै श्राद्ध, टपरी टकटक्याउने, पूजापाठ, पुरोहित र पुरेत्याइँबाहेक अरू केही पनि देख्दैनन् ।

प्रत्येक घरबाट काम गर्ने वा अध्ययनको आवरणमा विदेश गएको आधुनिक समाजको वास्तविक रूप हो । ऋण गरेर मात्रै होइन शरीरको किड्नी बेचेरै भए पनि छोराछोरीलाई सिड्नी पठाउनुपर्ने अवस्था अभिभावकहरूलाई प्रतिष्ठाको विषय यथार्थपरक देखिन्छ । उनीहरू छोराछोरीहरूलाई अङ्ग्रेजी शिक्षा पढाउनु र विदेश पठाउन सक्नुलाई नै अभिभावकताको सार्थकता देख्छन् । संस्कृत शिक्षाप्रति अभिभावकहरूकै अरुचि देखिन्छ । उनीहरू संस्कृत पढाएर नैतिकवान र शालीनवानभन्दा चातुर्य, छलकपट र बोलीको प्रभाव जमाउन सक्ने, समयसापेक्ष बाँच्न सक्ने र बजारमा बिक्न सक्ने छोराछोरीलाई देख्न चाहन्छन् । किनकि अभिभावकहरू नै संस्कृतबारे यथेष्ट जानकार छैनन् । उनीहरू संस्कृत शब्दमै श्राद्ध, टपरी टकटक्याउने, पूजापाठ, पुरोहित र पुरेत्याइँबाहेक अरू केही पनि देख्दैनन् ।

संस्कृत भाषा कति वैज्ञानिक छ भन्ने कुरा प्रत्येक शब्दको अर्थबाट प्रस्टिन्छ । पृथ्वीको आकार गोलो छ भन्ने तथ्य पहिलोपटक वैज्ञानिक पाइथागोरसले अथक प्रयासमा पत्ता लगाएका थिए । तर, वैदिककालमै पृथ्वी गोलो छ भन्ने कुरा पत्ता लगाइसकेको संस्कृत भाषाले प्रमाणित गरेको छ ।

पृथ्वीलाई संस्कृत भाषामा भूगोल भनिएको छ । ‘भू’ भनेको भूमि, जमिन वा पृथ्वी र ‘गोल’ भनेको गोलाकार । यस्तो लाग्दै छ, संस्कृतको प्रत्येक शब्द वैज्ञानिक रूपमा प्रयोगात्मक परीक्षणपछि मात्रै तय गरिएको हो, शब्दको उच्चारणमा शरीरमा पर्ने कम्पन र त्यसले पार्ने ध्वनिको पूर्ण विश्लेषणपश्चात् भाषा तयार गरिएको हो । प्राप्त प्रमाणअनुसार सबैभन्दा पुरानो भाषा भनेर चिनिएको संस्कृत भाषा आज त्यसका शब्द समायोजन, बनावटको समीक्षा गर्नु र विशेषतालाई चिराफार गर्नुको साटो उपेक्षित अवस्थाबाट छटपटाइरहेको छ । यो भाषा अहिले दुर्लभको अवस्थामा छ । यसको प्रमाण नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत पढ्ने विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुग्नु र पढ्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप पैसासमेत दिइरहेको कार्य ज्वलन्त उदाहरण मान्न सकिन्छ । यस ब्रह्माण्डमा वेदमा नभएको वस्तु र संस्कृतमा नभएको शब्द शायदै होलान् । भारतवर्षअन्तर्गत तत्कालीन मौर्य साम्राज्यको सल्लाहकार एवम् अर्थशास्त्री तथा दार्शनिक आचार्य चाणक्यले भनेका छन्-

‘गीर्वाणवाणीषु विशिष्टबुद्धिस्तथाऽपि भाषान्तरलोलुपोऽहम् ।।
यथा सुराणाममृते स्थितेऽपि स्वर्गाङ्गनानामधरासवे रुचिः ।।१८।।’

उनले संस्कृत भाषाजस्तो विशिष्ट भाषा जान्दाजान्दै पनि म अरू भाषा पनि सिक्न चाहन्छु भनेका छन् । माथिको श्लोकबाट उनले संस्कृत भाषालाई प्रथम स्थानमा राखेर बढी महत्व दिएको देखिन्छ । संस्कृत भाषाप्रति उनको मोह प्रस्ट झल्किन्छ । त्यस्तै अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका प्रसिद्ध पत्रकार टीकाराम यात्रीले भर्खरै मनाइएको द्वितीय संस्कृत दिवसका दिन ‘आत्मा भट्किएर अङ्ग्रेजी भाषा पढ्न पुगेँछु तेस्रो–चौथो संस्कृत दिवससम्म त म पनि संस्कृतबाटै भाषण गर्नसक्छु होला,’ भन्नु उनीभित्रको संस्कृतभाषाप्रतिको मोह र त्यसतर्फको हुटहुटी हो भन्न जोकोहीले पनि अनुमान लगाउन सक्छ ।

त्यस्तै, अमेरिकी कवि तथा दार्शनिक टी. एस. एलियटले ‘पूर्वीय दार्शनिकहरूको विलक्षणताको तुलनामा महान् युरोपेली दार्शनिकहरू प्रिअभ्यासरत विद्यार्थीजस्ता देखिन्छन्,’ भनी व्यक्त गरेका कुरा विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् ।

तत्कालीन ग्रिस साम्राज्यमा समयसापेक्ष ज्ञान भएका प्लेटो, अरस्तु र सुकरातलाई हामी महान् दार्शनिक भनेर सम्बोधन गर्छौं, जब कि तुलनासमेत गर्न नसकिने आफ्नै भूमिमा जन्मेका व्यास, बुद्ध, चाणक्य, कपिल, कालीदास र पाणिनीलाई हामी पछौटे र ढुङ्गेयुगी बिल्ला भिराउँछौँ । यसैलाई भनिन्छ, टुप्पोमा बसेर फेद काट्ने वा आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्ने ।

‘ए काले तैँले गरेर खाँदैनस्’ भनी, आफ्नै आमाबुबा र समाजको वचनलाई इख लिएका राईले ३५ वर्षको उमेरमा बल्ल कखग… सिके तापनि अन्ततः वेदको अध्ययनले नै ‘डा. स्वामी प्रपन्नाचार्य’मा परिणत भएको घटना ताजै छ । आजै तिनै सामन्ती भनी बिल्ला भिराइएको क्षेत्री–ब्राह्मणविरुद्ध उतार्न खोजिएको जनजातिको छोरा काले राई वेदको शिक्षाबाट वेदान्त भए । वेदको गहिराइ बुझेका उनले जीवनको उत्तराद्र्धमा भनेका थिए, ‘अनार्यहरू पनि फरक नभएर आर्यकै सन्तान हुन्, आर्य र अनार्यबीचको अन्तरोधको कुनै अर्थ छैन ।’

वेदको ज्ञान जीवनलाई सुखी बनाउने हो, अँध्यारोबाट उज्यालोतर्फ अग्रसर गराउने र शान्ति कायम गर्ने नै हो । अबका युवाहरूको दायित्व आधुनिकतामा आफूलाई ढाल्ने र मौलिक हिन्दुत्व र संस्कृतलाई पनि सँगसँगै परिष्कृत गरी लैजाने हो । वेद, उपनिषद्, पुराण, महाभारत, गीता र रामायणजस्ता ग्रन्थ खाली हिन्दूधर्मको प्रवद्र्धक मात्रै होइन । यसमा मानवजीवन लुकेको छ, विज्ञानका चमत्कारी सूत्र लुकेको छ, नैतिकता, कर्तव्यपरायण र उत्तरदायित्वको परिभाषा किटान भएको छ । आज भौतिकविज्ञानका मोटा किताब पल्टाइन्छ, तर वेदप्रति उपेक्षा छ । भौतिकशास्त्री एवम् विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले ‘धर्मबिनाको विज्ञान लङ्गडो, विज्ञानबिनाको धर्म अन्धो हुन्छ’ भनी स्पष्ट पारेका छन् । यद्यपि यो दुनियाँको सृष्टिकर्ता ब्रह्माको पनाति रावण ६४ विद्यामा पारङ्गत थिए, उनमा वेद तथा पुराणमा निखार थियो । उनी त्यसबेला वैज्ञानिक थिए । वेदको शिक्षाबाटै उनले पुष्पविमान बनाएका थिए, त्यसैगरी प्रकृतिलाई नै चुनौती दिनेखालका कार्य जस्तै जिउँदै स्वर्ग जाने बाटो निर्माण, मकैको एउटै बोटबाट मानिसलाई चाहिने सम्पूर्ण आवश्यकता पूर्ति हुने वैज्ञानिक काम गर्न चाहेका थिए । हालका वैज्ञानिकहरू पनि रावणका खलक मानिन्छन् ।

आजको युगमा जति विज्ञानको चमत्कारी परिणाम देखिरहेका छौँ, यी सबै काम हजारौँ वर्ष पहिले नै वेदलाई मन्थर गरी प्रयोग ल्याइसकेको वर्णन डा. स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा इसाई तथा इस्लाम धर्मका प्रवर्द्धक पनि पहिला हिन्दू नै थिए भनिएको छ । मनभन्दा नि छिटो उड्ने तीनतले वातानुकुलित विमान, कार, परमाणु, गुरुत्वाकर्षण, मरेको मान्छे बचाउने तरिका, हजारतले घर, दूरसञ्चारलगायतका आविष्कार भएको बताइन्छ । बरु आधुनिक विज्ञानले केही कुराको अझै पत्ता लगाउन सकेको छैन । विश्वकै स्मरणराजा भनेर चिनिएका नेपालका अर्पण शर्माले समेत आफू योगध्यानबाटै स्मरणराजा बन्न सकेको र गिनिजबुकमा नाम लेखाएको खुलाएका छन् ।

पृथ्वीलाई संस्कृत भाषामा भूगोल भनिएको छ । ‘भू’ भनेको भूमि, जमिन वा पृथ्वी र ‘गोल’ भनेको गोलाकार । यस्तो लाग्दै छ, संस्कृतको प्रत्येक शब्द वैज्ञानिक रूपमा प्रयोगात्मक परीक्षणपछि मात्रै तय गरिएको हो, शब्दको उच्चारणमा शरीरमा पर्ने कम्पन र त्यसले पार्ने ध्वनिको पूर्ण विश्लेषणपश्चात् भाषा तयार गरिएको हो ।

हिन्दुत्व, संस्कृत र वेद एक–आपसमा समर्पित छन् । त्यसैगरी पूर्वीय दर्शन र विज्ञान पनि एक–अर्काप्रति अन्तरनिहित छन् । विज्ञानको आधार र स्रोत पूर्वीयदर्शन नै हो । सन् १९६४ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारविजेता चाल्र्स एच. टाउञ्जले ‘भारतवर्षका विद्यार्थीले आफ्नो प्राचीन संस्कृतिको मूल्य बुझ्नुपर्छ किनभने जीवन र मूल्यहरूको अर्थ यसैमा अन्तरनिहित छ । म यी दुई कुरालाई अलग गर्न सक्दिनँ, विज्ञान र भारतीय संस्कृतिलाई अलग ठान्दाको परिणाम अत्यन्त हानिकारक हुनेछ’ भनी सार्वजनिक भएको छ ।

आज नेपालमा विधिवत् रूपमा धर्मनिरपेक्षताले वैधानिकता पाएपछि ह्वात्तै इसाईकरण मौलाएको भेटिन्छ । हिन्दुत्व घट्ने र इसाईकरण बढ्दै गएको वर्तमान नेपाली समाज अर्धचेत र स्वार्थी अवस्थामा छ । राजनीतिक अस्थिरता, आर्थिक कमजोर र अर्धचेतनका कारण धर्मलाई नगदमा परिवर्तन गर्दा नेपालमा इसाईकरण तीव्र रूपमा बढ्दो छ ।

वत्तीमुनि अँध्यारो भनेझैँ बुद्ध नेपालमा जन्मे, तर उनका अनुयायी नेपालबाहिर बढी छन् । हिन्दुत्व र संस्कृत भाषा नेपालमा बेवास्ताको सिकार मात्रै भएको छैन, अपहेलितसमेत भएको छ । संस्कृतको प्रयोग प्राचीनतामा नेपाल हुने गर्दथ्यो, तर आज ‘ए साँच्चै हो र थियो र ?’ जस्तो लाग्दै छ । कपिल र वेदव्यास जन्मिएको भूमि ‘नहुन पनि सक्छ,’ भन्ने स्थितिमा पुगेका छौँ । पश्चिमा विशेषतः युरोपले संस्कृत र हिन्दुत्वलाई बढी बुझेको देखिन्छ । युरोपका जर्मनी र बेलायतमा संस्कृत विश्वविद्यालय स्थापना हुनु, नर्वेले विद्यालय तहमा संस्कृत पाठ्यक्रम लागू गर्नुजस्तो कार्यले वास्तवमा वेद के हो भन्ने निखार युरोपले राम्ररी बुझेको हुनुपर्छ । तसर्थ भारतीय संस्कृतिको भूमिमा इसाईकरण गर्दै पूर्वीय दर्शनलाई युरोपले अपहरण गरी पछिल्लो सन्तती माझ वेद युरोपबाटै शुरु भएको रहेछ भन्ने इतिहासलाई बङ्ग्याउन चाहन्छ । यसमा हामी युवा चनाखो हुनु जरुरी छ । हिन्दुत्व र संस्कृतको सम्वर्द्धनका लागि पहलीकदम उठाउनुपर्ने बेला आएको मात्र होइन विलम्ब भइसकेको आभाष हुन्छ ।

(लेखक पूर्वीय दर्शनका अनुयायी हुन् ।)
[email protected]