नालीमा डुबेर झापामा एक महिलाको मृत्यु

नालीमा डुबेर झापामा एक महिलाको मृत्यु


सडक बनाउन खनेको नालीमा डुबेर झापामा एक महिलाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा खनेको नालीमा डुबेर बिर्तामोड– १० की ६५ वर्षीया सुमित्रा राईको मृत्यु भएको हो ।

राई शुक्रबार बिहान नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिइन् ।

सडक बनाउने ठेकेदारले निर्माणको क्रममा जथाभावी खनेर खाल्डाखुल्डी बनाएको, नाली खनिएको र काम सकिएपछि पनि त्यत्तिकै छोडिएकोले राईको मृत्यु गएको भन्दै उनका आफन्तले केहीबेर विरोध गरेपछि घटनास्थलमा केहीबेर तनावको स्थिति बनेको थियो । त्यसपछि निर्माण कम्पनी आशिष–प्रेरा जेभीले मृतक राईको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने बताएपछि स्थिति साम्य बनेको थियो ।

मृतक राईको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले बताएको छ ।