राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण


राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेकी छिन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।