अधिकार रक्षाका लागि दलित समुदायको एकता आवश्यक : भट्टराई

अधिकार रक्षाका लागि दलित समुदायको एकता आवश्यक : भट्टराई


समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृत रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

सङ्घीय समाजवादी शिल्पी महासंघ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासंघको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानमा दलित समुदायको हक सुनिश्चित गरिए पनि अधिकार गुम्ने खतरा बढ्दै गएकाले त्यसको रक्षा गर्दै थप अधिकारका लागि एकीकृत रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिएका ह्ुन् ।

‘सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएको दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्यालाई शिक्षा र चेतनामार्फत अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘समावेशी र समानुपातिक सिद्धान्तलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुपर्छ,’ पार्टीका केन्द्रीय कार्यसमिति अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले दलित समुदायको मुख्य समस्या गरिबी भएकाले त्यसका लागि राज्यका तर्फबाट एकपटक ती समुदायलाई भूमि उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।