नेपाली महिला रेश्लर अस्मिता पुरस्कृत

नेपाली महिला रेश्लर अस्मिता पुरस्कृत


जापानको टोकियोमा अगस्ट १९ मा सम्पन्न विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरूलाई पुरस्कृत गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा महिला रेश्लरको रुपमा परिचित अस्मिता सुनार (जुरेली)लाई पनि सम्मानसहित अवार्ड प्रदान गरिएको छ ।

नेपालबाट जापान पुगेर विभिन्न पेशा व्यवसाय अँगालेर बसेका व्यक्तित्वहरूको पहलमा यो अवार्ड आयोजना भएको हो । विगत ७ वर्षदेखि रेस्लिङ खेलमा आबद्ध रहेर आफु पनि खेल्दै र अरुलाई पनि खेलाउँदै आएकी अस्मिता (जुरेली) यो सम्मान पाउँदा खुशी प्रकट गरेकी छिन् ।

जापानमै गएर यो अवार्ड थापेको स्वर्णिम पलको स्मरण गर्दै अस्मिताले भनिन्– ‘उमेर छँदै सम्मान र पुरस्कार पाए । आफ्नो कामको कदर भएकोमा अत्यन्त खुशी छु । अझ जापानमै आएर अवार्ड थाप्नुको आनन्द शब्दमा व्यक्त गर्न सक्तिनँ । म अत्यन्त खुशी आनन्दित छु, यो सम्मानले अझ काम गर्ने हौसला बढेको छ ।’

अगस्ट १९ का दिन जापानको टोकियोमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थामा ाबद्ध भएका व्यक्तिहरूलाई अवार्ड वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए ।