टीआईए र रुपिजले चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टीआईए सिनियर ब्वाइज तथा रुपिज सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
ब्वाइज फाइनलमा टीआईएले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ७४–६५ ले पराजित गरेको हो । टीआईएको जितमा सम्राट गुरुङले व्यक्तिगता ३० अंक योगदान गरेका थिए ।
त्यस्तै गल्र्स फाइनलमा साइसा प्रधानको २२ अंक सहयोगमा रुपिजले द चाँदबागलाई ३६–३५ को झिनो अन्तरले पराजित गऱ्यो । साइसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । ब्वाइजमा टीआईएका तेन्जिङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
ब्वाइजमा आयोजक बौद्धका पिरातात लिम्पु तथा गल्र्समा चाँदबागी सुर्मा थेबे प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । लिम्पुले १ सय ४६ अंक तथा सुर्माले ७५ अंक जोडे । ब्वाइजमा एडभान्सले अनुशासित टिमको उपाधि हात पाऱ्यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतले पुरस्कृत गरे । दुई सातासम्म चलेको प्रतियोगिताको ब्वाइजमा १६ तथा गर्ल्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया