टेबुल टेनिसमा अद्रिनलाई स्वर्ण

टेबुल टेनिसमा अद्रिनलाई स्वर्ण


विजेश्वरीका अद्रिन शाहीले १४औँ हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अद्रिनले जुगलका समिर तामाङलाई ३–१ को सेटमा पराजित गरका हुन् । सोही स्पर्धाको गर्ल्समा एभरेष्टकी प्रदीपा सुवालले फाइनलमा प्रभातकी दीपशिखा शशिकलालाई ३–१ कै सेटमा हराउदै पहिलो भइन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१२ सिंगल्सको ब्वाइजमा चिल्ड्रेन गार्डेनका आशिष भट्टराई तथा गर्ल्समा एभरेष्टकी केरिना सुवाल पहिलो भए । फाइनलमा आशिषले सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर तथा केरिनाले युलेन्सकी शुभश्री श्रेष्ठलाई समान ३–२ को सेटमा पाखा लगाए ।