राष्ट्रियसभा बैठक बस्दै, वातावरण र भूमि सम्बन्धी दुई विधेयक प्रस्तुत हुने

राष्ट्रियसभा बैठक बस्दै, वातावरण र भूमि सम्बन्धी दुई विधेयक प्रस्तुत हुने


अहिले राष्ट्रियसभाको बैठक बस्दै छ । आजको बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने कार्यसूची रहेको छ । बैठक अहिले बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजकै राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले पनि भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने भएकी छिन् ।