अबैध खसी बरामद : प्रहरी समात्ने, भन्सार छाड्ने

अबैध खसी बरामद : प्रहरी समात्ने, भन्सार छाड्ने


बर्दियामा टेशनपुरबाट १ सय ४० अवैध खसी बरामद गरिएको छ । जिल्लाको लक्षमणा सडकबाट १ सय ४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्यायर काठमाण्डौतर्फ लैजान लागेको ना ६ ख ९४९२ नं को ट्रकसहित १ सय ४० वटा खसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । खसीसहितको ट्रक गुलरिया नगरपालिका–१२ स्थित टेशनपुरबाट नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाईएको शसशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरिक्षक यादव बिश्वकर्माले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बर्दियाबाट बिना भन्सार भारतीय खसीहरू काठमाण्डौ पुग्ने गरेका छन ।

बिडम्बना नै भन्नुपर्छ सशस्त्र प्रहरीले अबैध खसी बरामद गर्ने गरेपनि गुलरिया स्थित भन्सार कार्यालयले भने कागजी प्रक्रिया मिलाएर छाड्ने गरेको छ । सुरक्षा निकायले अवैध भन्दै पक्राउ गर्ने र भन्सारले छोड्ने गरे पछि भन्सारको काममा समेत प्रश्न उठ्न थालेको छ ।