बिहीबार नेप्सेमा झिनो अंकको गिरावट

बिहीबार नेप्सेमा झिनो अंकको गिरावट


यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कुल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता सेयर रु. २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये आठ उपसमूहको सेयर ओरालो लागेको छ भने चार उपसमूहको सेयर बढेको छ । बैंकिङ ०.७१, व्यापार ४.८२, विकास बैंक ५.१६, जलविद्युत् २.८६, वित्त ३.७६, निर्जीवन बिमा ४२.०१, उत्पादन ५.११ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । यस्तै होटेल ११.१६, अन्य २.३, लघुवित्त १.१७ र जीवन बिमा ६.३ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. एक करोड ९१ लाख ४० हजार ८११ बराबरको कारोबार भयो । यस्तै, प्रभु बैंक रु. एक करोड ६६ लाख ७७ हजार ५५१, कृषि विकास बैंक रु. एक करोड २० लाख ७३ हजार १६६, देवः विकास बैंकको संस्थापक सेयर रु ९८ लाख ६२ हजार ३५०, नेपाल बैंक लिमिटेड रु. ८७ लाख ८७ हजार ७४६, नेपाल इन्भेष्टमेन्ट बैंक रु. ७९ लाख ५७ हजार ७४३ र महालक्ष्मी विकास बैंक रु. ७४ लाख १६ हजार ६५७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सबैको लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.९६ प्रतिशतले कमाए । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.४२, दिव्यश्वरी हाइड्रोपावर ५.२६, रिडी हाइड्रोपावर ४.७६, नबिल इक्विटी फन्डका लगानीकर्ताले ३.८४ प्रतिशतले कमाए । यस्तै सिर्जना फाइनान्स ४.७४, विशाल बजार कम्पनी ३.६७, नेपाल इन्स्योरेन्स कम्पनी ३.२४, लक्ष्मी भ्याल्यु फन्ड ३.१७ र एभरेस्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले २.७३ प्रतिशतले गुमाए ।