शिन्जुकुमा सार्वजनिक बहसको तयारी

शिन्जुकुमा सार्वजनिक बहसको तयारी


■ श्याम क्षेत्री, जापान

नेपाल पत्रकार महासंघ जापान शाखाले २०१९ अगष्ट २५ तारिख आइतबार टोकियो स्थित शिन्जुकुमा सार्वजनिक बहस कार्यक्रम गर्ने भएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकाल ‎२०१९(२०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने पूर्वसन्ध्यामा जापानवासी नेपालीहरुबीच सक्रिय संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजीवी लगायतले नेतृत्वका आकाक्षीहरुसँग तपाईको नेतृत्व केका लागि ? जापानवासी नेपालीलाई सहयोग गर्ने योजना के के छन् ? भन्ने विषयमा एक सार्वजानिक बहस कार्यक्रम राखिएको नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्ष मोहन घलेले जानकारी दिँदै सम्पुर्ण महानुभावलाई सो कार्यक्रममा सहभागिताको लागि अनुरोध पनि गर्नुभयो।