गाम्चा साकोसको ‘तिज विशेष कार्यक्रम’ सम्पन्न

गाम्चा साकोसको ‘तिज विशेष कार्यक्रम’ सम्पन्न


गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तिजविशेष कार्यक्रम मनाएको छ । ‘लोक संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नाराका साथ यही साउन ३२ गते शनिबार भक्तपुरस्थित सूर्यविनायक नगरपालिका– ४ गाम्चामा रहेको गाम्चा गाम्चा बचत तथा ऋण सहकारीले ‘तिज विशेष कार्यक्रम– २०७६’ मनाएको हो ।

कार्यक्रम सूर्यविनायक नगरपालिका– ४ का वडाध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यता र गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विकाश खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । सो संस्थामा आबद्ध महिला सदस्यको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा चर्चित लोकगायक रञ्जित परियार र लोकगायिका अमृता श्रीपालीले चर्चित गीत–संगीत प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित महिलाहरूले उनीहरूका प्रत्येक प्रस्तुतिमा साथ दिँदै अन्तिम समयसम्म नाचेका थिए ।

संस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वागत मन्तव्य र सचिव विदुर खड्काले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विकास खड्काले कार्यक्रम सफल बनाउन प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सबैलााई धन्यवाद ज्ञापन गरेका थिए ।