साउदी अरबसँगबाट नौ करोड डलर लिएको बसीरको स्वीकारोक्ति

साउदी अरबसँगबाट नौ करोड डलर लिएको बसीरको स्वीकारोक्ति


केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका छन् ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले बसिरले लिएको उक्त रकमबारे सोमबार सञ्चारकर्मीलाई जानकारी गराएका एएफपीले जनाएको छ ।

प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भने, ‘पूर्वराष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।’

पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो ।