बीस नेपाली अधिकृतलाई फरिदावादमा तालिम

बीस नेपाली अधिकृतलाई फरिदावादमा तालिम


विभिन्न सरकारी निकायका २० अधिकारीहरूलाई ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम २ भदौबाट भारतको फरीदाबाद स्थित ‘नेशनल एकेडमी अफ कस्टमस्, इन्डाइरेक्ट ट्याक्सेस एण्ड नार्कोसिस’मा (National Academy of Customs, Indirect taxes and Narcotics – NACIN) मा सञ्चालन भएको छ । नेपाल सरकारको अनुरोधमा भारत सरकारले यस्तो तालिमको व्यवस्था गर्दै आएको छ ।

उक्त प्रशिक्षण ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो । नेपाली अधिकारीहरूको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । यस पछिल्लो पहलकदमी अन्तर्गत नेपालका विभिन्न नियामक निकायका कूल ६० अधिकारीहरुलाई तालिम दिइने बताइएको छ । उक्त प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीलाई NACIN मा अक्टोबर र डिसेम्बर महिनामा दिइने र यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरूको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने अपेक्षा गरिएको छ ।

ज्ञातव्य छ, सम्पत्ति शुिद्धकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा NACIN भारत सरकारको शीर्ष स्तरको प्रशिक्षण संस्था हो । यो एशिया/प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो भने अन्य अन्तर्राष्ट्रिय संस्था जस्तै UNEP, UNDP, SASEC आदिसँग मिलेर काम गर्दछ ।