तेल ट्यांकर विस्फोटमा बीसभन्दा बढीको मृत्यु

तेल ट्यांकर विस्फोटमा बीसभन्दा बढीको मृत्यु


पश्चिम उगान्डामा आइतबार तेलको ट्यांकरमा आगलागी हुँदा कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको ट्यांकरमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ ।

केन्याबाट कंगोतर्फ गइरहेको सो तेल ट्यांकरमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारीसाधनमा ट्यांकर ठोक्ँिकदा सो घटना भएको बताइएको छ ।